Logo

‘राजा बन्छु’ भन्दै श्रीपेच लगाउन खोज्दा…



काठमाडौं, ८ असोज । राजा बन्छु भन्दै नारायहिटी संग्राहालयको श्रीपेच लगाउन खोज्ने युवक पक्राऊ परेका छन् । सिसाभित्र सुरक्षा दिइएको श्रीपेच निकाल्न युवकले सोकेस नै फुटाल्न खोजेका थिए ।

श्रीपेच राखेको कोठाभित्रको सोकेसमा राखिएको खुकुरी युवकले झिकेका थिए । त्यसपछि उनले सिसालाई धक्का दिदा फुटेको छ । त्यसभित्रको बुलेटप्रुफ सिसामा श्रीपेच छ ।

युवकलाई नारायणहिटीमा खटिएको सेनाले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ । युवक रुकुम पश्चिम मुसिकोट नगरपालिकाका २५ वर्षीय खेमबहादुर घर्ती हुन् । उनीमाथि प्रहरीले अनुसन्धान बढाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्