Logo

सत्ता गठबन्धनमा असन्तुष्टि चुलियो, जसपा सरकारमा नजाने पक्का



काठमाडौं, ८ असोज । सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । खासगरी मन्त्रालय बाँडफाँडमा प्रधानमन्त्री शेरबहादुर देउवाले राम्रो मन्त्रालय आफ्नो पार्टीलाई मात्रै राखेको भन्दै गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट बनेका छन् ।

पछिल्लो समय गठबन्धनको बैठकमा समेत अध्यक्ष यादवले यही ताल भए आफूहरु सरकारमा सहभागी नहुने चेतावनी दिएका छन् । प्रधानमन्त्री देउवाले यसअघि नै सरकारलाई पूर्णता दिनेगरि गठबन्धनमा आवद्ध दलका नेताहरुलाई मन्त्रीको नाम मागेका थिए । तर, माधव नेपाल र उपेन्द्र यादवले नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको कुरा आईरहेको थियो ।

पछिल्लो समय डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । जसपा अध्यक्ष यादव आँफै सरकारमा सहभागी हुन चाहन्थे । यादवले यसअघि परराष्ट्र मन्त्रालय मागेका थिए ।

तर, प्रधानमन्त्री देउवाले उक्त मन्त्रालयको जिम्मा आफ्नै पार्टीका नेता खड्कालाई दिएपछि यादव रुष्ट बनेका छन् । अहिलेसम्म कांग्रेसबाट चार र माओवादी केन्द्रबाट दुई जना मात्रै मन्त्री सरकारमा सहभागी छन् । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्