Logo

गगन थापाको आक्रोशः नेताले आदेश दिए पुग्छ, सजिलै सर्छ अधिवेशन ?



काठमाडौं, ८ असोज । सत्तारुढ दल नेपाली काँग्रेसका नेता गगन थापाले काँग्रेस नेतृत्व प्रति आक्रोश पोखेका छन् । काँग्रेस अधिवेशनको मिति सर्ने भन्ने विषयलाई लिएर सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले आक्रोश पोखेका हुन् ।

उनले लेखेका छन्, ‘बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने’ ! साथै नेता थापाले कहिल्यै विधिमा चल्नु नपर्ने ? थितिमा वस्नु नपर्ने ? वेथितिको जिम्मा लिनै नपर्ने ? भन्दै प्रश्न समेत गरेका छन् । बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकमा महाधिवेशन माघमा गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

उनले लेखेका छन्, ‘कति सजिलै सर्छ अधिवेशनको मिति’ १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन । कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने । बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं’ ।



प्रतिक्रिया दिनुहोस्