Logo

सरोज कोइरालाको ‘भकारीमा धान’ सार्वजनिक (भिडियोसहित)



असोज ८, काठमाण्डौ । संचारकर्मी तथा गायक सरोज कोइराला र मेलिना राईको स्वरमा रहेको भकारीमा धान बोलको गित सार्वजनिक गरिएको छ । शब्द तथा संगित कोइरालाकै रहेको गितको म्युजिक भिडियो आज सार्वजनिक गरिएको हो ।

संगित संयोजन पुरुषोत्तम सुवेदीले गरेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र सगुन कोइरालाले अभिनय गरेका छन् । गायक कोइरालाकै प्रस्तुती गरेहको गीतको म्युजिक भिडियोको निर्देशक विधान कार्कीले गरेका छन् ।

द डिभाइन म्युजिक नामको युटुब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो । यसअघि थुप्रै गीत गाइसकेका कोइरालाले यस गीतबाट आफू निकै आशावादी रहेको बताएका छन् । दर्शक श्रोताको चाहनाअनुसारको शब्द, संगित र भिडियो रहेको कोइराला बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्