Logo

आज थप ९ संक्रमितको मृत्यु



काठमाडौं, ८ असोज । कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका १ हजार ४ सय ७६ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ८९ हजार ८ सय ७२ पुगेको छ ।

आज १ हजार ५ सय ५० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ६ सय ९० जनाको परीक्षणमा ११ सय ३ जना पिसीआर र एन्टिजेन विधिबाट ३ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्