Logo

केशव स्थापितको खुलासाः प्रचण्डलाई गाँजाको पक्षमा बोल्न भन्दा पार्टी प्रवेशको शर्त



काठमाडौं, ८ असोज । नेकपा एमालेका नेता तथा बागमती प्रदेशका सांसद केशव स्थापित विवादमा आइरहन्छन् । स्पष्ट वक्ता स्थापित पृथक सोच, बोली र कदमका कारण उत्तिकै प्रभावशाली पनि छन् । पछिल्लो समय उनी गाँजाको सदुपयोगमा जोड दिदै आएका छन् । यसलाई औषधीको रुपमा प्रयोग गरेर मुलुकले लाभ लिन सक्ने बताउँछन् ।

आज रिपोर्टर्स क्लब नेपालमा राजीव काफ्ले पक्राउको विरोध कार्यक्रममा पुगेका स्थापितले विगतमा पूर्वप्रधामन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई गाँजाको उचित प्रयोगबारे बोल्न भनेको खुलासा गरे । गाँजालाई खुकुलो बनाएर देश हितमा काम गर्न सकिनेबारे प्रचण्डलाई बोल्न भन्दा शर्त राखेको खुलासा गरे । उनले भने, ‘प्रचण्डले मलाई आफ्नो पार्टीमा लागे मात्र यस विषयमा बोल्छु भने ।’

माधव नेपाललाई पनि विगतमा गाँजाको महत्वबारे बोल्दै खुकुलो पारी सदुपयोग गर्नेबारे सुझाव दिदा पहिले प्रशंशा गरेको र भोलिपल्ट नकारात्मक प्रभाव पर्ने जवाफ दिएको सुनाए । राजाका पालामा रक्तदान गर्ने क्रममा आफूलाई प्रहरीले १४ महिनसम्म थुनेको स्मरण गराउँदै गाँजालाई खुल्ला गर्नेबारे भने,‘मैले यस विषयमा माधव नेपाल सँग कुरा गरेका थिए । यस बेला निकै प्रशंसा गरेका थिए । तर, भालि पल्ट यसको प्रचार नगर्नुस यसले नकारात्मक प्रभाव पार्छ र खाएर दुःख दिन्छन् भने ।’

नेपाली काँग्रेसका कतिपय नेताहरुले समेत गाँजालाई वैधानिकता दिनपर्छ भन्दै उफ्रिएका बताए । काँग्रेसको महाधिवेशनमा समेत यस विषयमा चर्चा हुने उनको भनाई थियो ।

गाँजालाई फुकुवा भन्दा पनि यसलाई औषधी प्रयोजनाका लागि वैधानिकता दिनुपर्नेमा जोड दिए । उनले भने,‘नेपालमा रहेका युवाहरुलाई गाँजाको सही प्रयोग गरी रोजगारी सृजना गर्नुपर्छ ।’ नेताहरु यस विषयप्रति अज्ञान रहेको बताए । गाँजालाई सकारात्मक ढंकले प्रयोग गरे देशको कायापलट हुने उनको भनाई थियो । आफ्नो पार्टीले गाँजालाई वैधानिकता दिन हर प्रयास गर्ने समेत बताए ।



प्रतिक्रिया दिनुहोस्