Logo

बामदेव एमालेमै, जबजले रोक्यो एसको बाटो



काठमाडौं, ८ असोज । नेकपा एमालेका उपाध्यक्षमा बामदेव गोतम यथावत् छन् । उनले नेकपा एमालेको उपाध्यक्षसहित सबे जिम्मेवारीबाट राजीनामा दिएपनि स्वीकृत भएको छैन । बुधबार बामदेवको गृहजिल्ला बर्दिया पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीप्रति नरम बोली बोले । गौतमले बाटो बिराएको तर पार्टीमा फर्कने बताए ।

ओलीले बामदेवको प्रशंशा गरे । गौतमलाई ठेस मात्र लागेको तर, फेरि फर्कने बताए । ओलीले जे भनेपनि बामदेव गौतम अझै कता जाने टुंगोमा पुगेका छैनन् । उनी नेकपा एकीकृत समाजवादी पार्टीमा जाने चर्चा थियो ।

बामदेवले एमाले छाडेको घोषणा गर्नुलाई उनी सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा जान लागेको औल्याइएको थियो । तर, नेकपा एस अझै सरकारमा नगएकाले छिनोफानो भएको छैन । उनी अगाडि बढेका छैनन् । बामदेव किन रोकिए ?

गौतमले पार्टीको मार्गदर्शक सिद्धान्त र कार्यनीतिबारे स्पष्टता खोजेका छन् । उनले मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हुनुपर्ने बटमलाइन बनाएका छन् । उनी जबजका पक्षधर हुन् । एमालेमा अझै जबज कार्यनीतिमै पर्छ ।

नेकपा एसको कार्यनीति जनताको बहुदलीय जनवाद नभई जनताको बहुदलीय समाजवाद हुने स्पष्ट भइसकेको छ । गौतम जबसमा सहमत भएपनि मागदर्शक सिद्धान्त जबज हुनुपर्ने अडानमा रहेको बुझिएको छ । यसैगरी, गौतमले सम्मानजनक पद तथा जिम्मेवारीको विषय पनि उठाएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्