Logo

दुबई पुगेका उद्दोगी वसन्त चौधरीलाई हृदयघात



काठमाडौं, ८ असोज । उद्दागी वसन्त चौधरीलाई हृदयघात भएको छ । दुबई पुगेका उनलाई त्यहीं हृदयघात भएको बुझिएको छ ।

हृदयघात भएपछि उनको ओपन हार्ट सर्जरी आकस्मिक रुपमा गर्न लागिएको पारिवारिक स्रोतले बताएको छ । उनी पारिवारिक घुमफिरका लागि दुबई पुगेका थिए । अहिले उनलाई दुबईस्थित अमेरिकन अस्पतालमा भर्ना गरिएको बुझिएको छ ।

चौधरी व्यापारिक घराना चौधरी समूहका सदस्य हुन् । नर्भिक अस्पताल वसन्त चौधरीको सफल व्यवसायभित्र पर्छ । उनी कवि पनि हुन् ।



प्रतिक्रिया दिनुहोस्