Logo

बजाज पल्सर इपिएल आजदेखि



काठमाडौं, असोज ९। चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुदैछ ।

सबै ६ फ्रेन्चाइज टोलीले आफ्नो तयारी अन्तिम चरणमा पु(याएका छन् । यसपटक इपिएलमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी देखि भुटानका मिक्यो दोर्जीसम्मका खेलाडीले इपिएल खेल्दै छन् ।

टेस्ट र एसोसिएट दुबै देशका खेलाडी इपिएलमा हुँदा विश्वमा चर्चा थप बढ्नेछ । सबै फ्रेन्चाइजले आफ्नो अन्तिम टोली घोाषणा गरि सकेका छन् । सबै टोलीमा ४–४ विदेशी खेलाडी छन् । प्लेइङ–११ मा तीन विदेशी खेल्न पाउनेछन् ।

यसपटकको इपिएलमा विराटनगर वारियर्सका कप्तान पारस खड्का, वसन्त रेग्मी र काठमाडौं किंग्स इलेभेनका दीपेन्द्रसिंह ऐरी र ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल देखिने छैनन् । दीपेन्द्र चोटका कारण नखेलेका हुन् । पारस, बसन्त र ज्ञानेन्द्रले व्यक्तिगत कारण नखेल्ने जनाएका छन् ।

उद्घाटन खेलमा उपत्यका डर्वीको काठमाडौं किङ्स इलेभेन र ललिपुर प्याट्रिएट्सबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे हुनेछ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स इलेभेन पहिलोपटक फाइनल खेल्दै उपाधि जित्ने लक्ष्यमा छ । काठमाडौंमा पाकिस्तानका स्टार अलराउन्डर शाहिद अफ्रिदी छन् । तर अफ्रिदी दुई खेलमात्र खेलेर फर्कने छन् ।



प्रतिक्रिया दिनुहोस्