Logo

कामना सेवा विकास बैंकले घोषणा गर्यो चार वर्ष यताकै उच्च लाभांश



काठमाडौं, असोज ९। कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश समेत गरी १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

प्रस्तावित १९.४७ प्रतिशत लाभांश गत ४ वर्ष यताकै उच्च हो । विकास बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७३/७४ मा १२ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ९.५, आर्थिक वर्ष २०७५/७६ मा ६।८ प्रतिशत र आर्थिक वर्ष २०७६/७७ मा ४.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । १८.५ प्रतिशत बोनस सेयर पछि बैंकको चुक्ता पुँजी ३ अर्ब १४ करोड रुपैयाँ नाघ्ने छ ।



प्रतिक्रिया दिनुहोस्