Logo

सिटिजन्स बैंक इन्टरनेशनलले यस वर्ष १६ % लाभांश वितरण गर्ने



काठमाडौं, असोज ९। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यस वर्ष १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको असोज ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गर्ने भएको हो ।



प्रतिक्रिया दिनुहोस्