Logo

तीन वर्षदेखि नजरबन्दमा रहेकी हुवावेकी कार्यकारी प्रमुख वानझाउ रिहा



एजेन्सी, ९ असोज। चिनियाँ प्रविधि कम्पनी हुवावेकी कार्यकारी प्रमुख मेङ वानझाउलाई क्यानडाले तीन वर्षपछि रिहा गरेको छ ।

अमेरिकाले ठगीको आरोप लगाउँदै पक्राउ गर्न अनुरोध गरेपछि क्यानडाले सन् २०१८ को डिसेम्बरमा वानझाउलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । तर, पुनरावलोकनको निवेदनमा सुनुवाइ गर्दै अमेरिकी अदालतले वानझाउलाई रिहा गरेपछि उनी क्यानडाबाट विशेष विमानमार्फत चीन प्रस्थान गरेको जनाइएको छ ।

अमेरिकाको आग्रहमा हुवावेकी कार्यकारीलाई पक्राउ गरेर जेल चलान गरेपछि रुष्ट बनेको चीनले दुई जना क्यानडेली नागरिकलाई पक्राउ गरेर हिरासतमा राखेको थियो । तर, पछिल्लो समय चीन र क्यानडाका अधिकारीबीच भएको बैठकले विवाद कम गर्दै लैजाने सहमति गरेपछि चीनले पनि क्यानडाका दुई जना नागरिकलाई रिहा गरको छ ।



प्रतिक्रिया दिनुहोस्