Logo

देउवालाई हराउनसक्ने नेता कांग्रेसमा कोही छैन, रामचन्द्र पौडेललाई त त्यो समूहले प्रवक्ताको रुपमा प्रयोग गरिरहेको छ : बस्नेत (भिडिओसहित)



काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टी सभापति शेरबहादुर देउवालाई १४औं महाधिवेशनमा हराउने तागद कसैसँग नभएको दाबी गरेका छन् । उनले सभापतिमा फेरि पनि देउवाको विकल्प नभएको ठोकुवा गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीको हितभन्दा नेताहरुले आफ्नो व्यक्तिगत हितमात्रै हेर्दा केही समस्या भएको टिप्पणी गरे । उनले वरिष्ठ नेता रामचन्द्र पौडेलको पछिल्लो दृष्टिकोण आत्मकेन्द्रित भएर आएको सुनाए । उनले पौडेलले भनेजस्तो सभापति देउवाले पार्टी कब्जा गर्न खोजेको भन्नु गलत भएको जिकिर गरे । उनले वरिष्ठ नेता पौडेलको सभापति बन्ने आकांक्षाले विवाद झनै बढेको सुनाए ।

उनले भने,‘ऋषिजी म तपाईँ र यो लोकप्रिय कार्यक्रममार्फत भन्न चाहन्छु कि आगामी महाधिवेशनमा रामचन्द्र दाई सभापतिको उम्मेद्धवार नै होईन, घोषणा गर्नेबित्तिकै हुँदैन्, त्यो टिमले उहाँलाई सहयोग गर्दैन् । अहिले उहाँलाई त्यो समूहले प्रवक्ताको रुपमा प्रयोग गरिरहेको छ ।’



प्रतिक्रिया दिनुहोस्