Logo

केन्द्रीय कमिटी बैठकको समापनसँगै दश बुँदे कार्यान्वनयको समस्या पनि समाधान हुन्छ : ठाकुर गैरे



प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली युवा नेता ठाकुर गैरेले आफू माधव नेपाल नेतृत्वको पार्टीमा जान लागेको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । आज विहा नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीभित्र दश बुँदे सहमति कार्यान्वयनमा देखिएको समस्या पनि समाधान हुने विश्वास दिलाए । उनले भने,‘दश बुँदे सहमतिको कार्यान्वयनको विषयमा केही समस्याहरु देखापरेको कुरा केन्द्रीय कमिटीको बैठकमा पनि विषय बनेको छ, छलफल भएको थियो । त्यसलाई चाहीँ मलाई लाग्छ यो बैठकको समापनसँगै यो समस्यापनि समाधान भएर जान्छ ।’ प्रस्तुत छ नेता गैरेसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

ठाकुर गैरेजी, तपाईं नेकपा (एमाले) कै नेता होइन ?

अँ, हो । किन सोध्नुभयो ?

तपाईं माधवकुमार नेपालको पार्टीमा जाँदैहुनुहुन्छ भन्ने चर्चा छ नी ?

तपाईंले सुन्नुभएको कुरामा कुनै सत्यता छैन् ।

तर, तपाईंलगायतका तेस्रो धारका नेताहरु नेकपा (एमाले) छोडेर नेकपा (एकीकृत समाजवादी) मा जाने चर्चा छ, यसको वास्तविता के हो ?

अनि तपाईंले अहिले केन्द्रिय कमिटीको बैठक चलिरहेको छ, बिधान महाधिवेशनको तयारी भइरहेको छ भन्ने चाहीँ सुन्नुभएको छैन् ?

त्यो पनि सुनेको छु, तर तपाईंहरु बीचको द्वन्द्व र विवादपनि सुनेको छु नि मैले, विद्रोह पनि सुनेको छु । त्यसो छैन ?

एउटा जीवन्त पार्टीमा छलफल/बहस हिजो पनि हुन्थ्यो आज पनि छ । भोली पनि हुन्छन् । अहिले हामी केन्द्रीय कमिटीको बैठकमा छौं । विधान महाधिवेशनको तयारीको बैठक चलिरहेको छ ।

दश बुँद्ये कार्यान्वयन नहुँदा तपाईंहरुलाई समस्या पर्यो नि होइन् ? नेकपा (एमाले)मा तपाईंहरु अलमलमा पर्नुभयो भन्ने चर्चा सुरु भैसकेको छ ?

दश बुँदे सहमति, त्यसपछि त्यसका आधारमा स्थायी कमिटीको बैठकको निर्णय, अनि त्यो निर्णयका आधारमा अघिल्लोपटक बसेको केन्द्रीय कमिटीको बैठको निर्णयहरु अन्तर पार्टी निर्देशनको रुपमा जारी भएका छन् । त्यसअनुरुप देशभरी जिल्ला कमिटीका बैठकहरु, विधान महाधिवेशनको प्रतिनिधी छनौट गर्ने काम देखी लिएर स्थानिय तहको अधिवेशन चलिरहेको छ । तपाईंले भन्नुभए जस्तो कतिपय ठाउँमा त्यो अन्तरपार्टी निर्देशन जुन केन्द्रीय कमिटीको निर्णयपछि जारी गरिएको सर्कुलर हो । त्यसको कार्यान्वयनको विषयमा केही समस्याहरु देखापरेको कुरा केन्द्रयि कमिटीको बैठकमा पनि विषय बनेको छ, छलफल भएको थियो । त्यसलाई चाहीँ मलाई लाग्छ यो बैठकको समापनसँगै यो समस्यापनि समाधान भएर जान्छ ।

केन्द्रीय समितिको बैठकले समाधान गर्छ कि स्थायी समितिको बैठकमा पुग्छ तपाईंहरुको दश बुँदेको विवादको कुरा ?

अहिले केन्द्रीय कमिटीको बैठक चलिरहेको छ । मलाई आशा छ कि यो बैठकको अन्त्य हुँदा यस बीचमा उत्पन्न भएका समस्याहरुको समाधान हुन्छ ।

तर, हिजो भानुभक्त जोशीले प्रष्ट रुपमा विवाद समाधान भएन, दश बुँद कार्यान्वयन भएन साथै सुदुपश्चिम प्रदेशमा झनै अस्तव्यस्त भयो भन्नुभएको छ ?

हो, सुदुरपश्चिममा अहिलेसम्म केन्द्रिय कमिटीको निर्णय अनुसारका कमिटीका बैठकहरु हुनुपथ्र्यो ति हुन नसकेको कुरा चाँही बैठकमा हामीले जानकारी प्राप्त गरेउ । यी विषयहरु उठिसकेपछि बैठकमा अध्यक्ष कमरेडले यसको समाधान गरिन्छ र समाधान निस्किन्छ भन्नुभएको छ । यस विषयमा छलफल गरेर टुङ्गो लगाउने भनेर उहाँले बैठकमा रुलिङ गर्नुभएको छ । केन्द्रीय कमिटीको बैठकको निर्णय लागु गर्ने विषयमा अलमल हुनुपर्ने द्धिविधा हुनुपर्ने प्रश्नै छैन नि ।

अलमल र द्धिविधा भइरहेको छ, समस्याहरु पनि छन् यसबारे तपाईंलाई थाहा छैन् ?

हो, अलमल भएकै कारणले प्रश्न पनि उठे । कतिपय ठाउँमा समस्याहरु देखापरे । समस्या देखा परेपछि फेरि यसको समाधान गर्ने हो । यो केन्द्रीय कमिटीको बैठमा यो विषय उठेको छ । यसको समाधान हुनुपर्छ ।

झपट रावल, भीम रावललगायतका नेताहरुले दश बुँदे सम्झौताका बुंदाहरु कार्यान्वयन भएन भनेर हिजोको केन्द्रीय कमिटीको बैठमा असन्तुष्टि जनाउनुभएको हो नि, होइन ?

यो त अब देशका कुनैपनि ठाउँमा बैठक हुन सकेन, भेला हुन सकेन । माथिल्लो कमिटीको बैठक कार्यान्वयन हुन सकेन भने त्यो विषय त कुनै एउटा व्यक्तिको मात्रै विषय भएन, यो सिंगो पार्टीको विषय हो । पार्टीकै समस्या हो भन्ने रुपमा यसलाई बुझ्नुपर्छ र त्यही रुपमा यसको समाधान हुनुपर्छ ।

सुदुरपश्चिमको इन्चार्ज भीम रावललाई हटाएर लेखराज भट्टलाई बनाईएकोले विवाद भएको हो भन्ने कुरा त सबैलाई थाहा छ नि, विवादको अरु कारण पनि छ र ?

लेखराज भट्टलाई बनाएको भए त बैठक हुन्थ्यो होला नि । फलानोलार्य बनाइयो फलानोलाई बनाइएन भन्ने विषय भन्दापनि केन्द्रिय कमिटीले जे निर्णय गरेको छ । दश बुंदेको जुन कार्यतालिका बनाएको छ । २०७५ जेठ २ का आधारमा चल्ने भनेर सैद्धान्तिक र राजनीतिक रूपले जुन नीतिगत निर्णय भएको छ । त्यही कुरा कार्यान्वयन हुने कुरा हो ।

तर, जेठ २ मा केपी शर्मा ओली फर्किन चाहानुभएन, जेठ २ अघि त सुदुरपश्चिमको इन्चार्ज भीम रावल हुनुहुन्थ्यो । अहिले कसरी लेखराज भट्ट आउनुभयो नि ?

म के भन्न चाहन्छु भने–यो व्यक्तिगत रुपमा चाहीँ केपी ओली कमरेड, भीम रावल कमरेडको साथै लेखराज कमरेडको प्रश्नै होइन । पार्टीको संस्थागत निर्णय के हो त्यो निर्णय कार्यान्वयन हुनुपर्छ । त्यो कार्यान्वयन नभएका ठाउँहरुको विषय चाहीँ यो केन्द्रीय कमिटीले समाधान गर्छ ।

केन्द्रीय कमिटीले समाधान गर्न सकेन भने नेकपा (एमाले) भित्रको विवादमा फेरि बल्झिन्छ नि होइन ?

यो विवाद केन्द्रीय कमिटीले समाधान गर्न नसक्ने तहको होइन् ।

समस्या समाधान हुन निकै कठिन छ भन्छन् तपाईँकै पार्टीका नेताहरु ?

होइन, केन्द्रिय कमिटीले पनि समस्या समाधान गर्न सक्दैन भन्ने कुरा म मान्दैन । समाधान हुन्छ ।

तेस्रो धारका नेताहरु माधवकुमार नेपालको पार्टीमा जाने सम्भावना छैन त ?

यो विषय बहस र छलफल गर्नुपर्ने होजस्तो लाग्दैन । तपाईंले छलफल नै गर्नु नपर्ने कुरामा प्रश्न गर्नुभयो ।

तर, माधवकुमार नेपालले भीम रावललगायतका नेताहरु अन्ततः हामीसँगै आउनुहुन्छ, केपी शर्मा आलीसँग गएर गल्ती गर्नुभयो भन्नुभएको छ । यस विषयमा तपाई के भन्नुहुन्छ ?

नयाँ पार्टी बनाउनुपर्ने कुनै आवश्कत्ता थिएन । उहाँहरुपनि फेरी एमालेमा आउनुहुन्छ पनि भनिरहेको होला नि त कसैले । हामी त्यता नजाऔं अहिले । नेकपा (एमाले) अहिले विधान महाधिवेशनको तयारीमा रहेको छ । केन्द्रीय कमिटीको बैठक चलिरहेको छ । १०औं राष्ट्रिय महाधिवेशनको तयारीमा छ । यो मुलुकका सबै समस्याहरु समाधान गर्ने, विगतका कमिकमजोरीलाई सच्चाउने र समिक्षा गर्ने कुरा हो । आगामी दिनमा हामीले चाहीँ हाम्रो उचित लक्ष्य जुन वैज्ञानिक समाजवाद हो । त्यो लक्ष्य प्राप्त गर्नको लागि त्यसअनुरुपको हाम्रो कम्युनिष्ट पार्टी एमाले निर्माण गर्ने हो । त्यो विचारको निर्माण गर्नको लागि संगठनात्मक प्रस्ताव र विधानको क्षेत्रमा आगामी दिनमा कसरी जानुपर्छ ? र कस्तो पार्टी बनाइयो भने समाजवाद ल्याउन सकिन्छ भन्ने बृहत विषय छ ।

उसो भए एमालेको विधान अधिवेशन समयमै हुन्छ ?

हुन्छ, त्यही अधिवेशनको तयारीमा तीनवटा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान हिजोको बैठकमा पेश भएको छ । आज त्यही विषयमा छलफल सुरु हुँदैछ । त्यसैले गर्दा हामीले यो विधान महाधिवेशनको तयारीमा छौं । तर, विधान महाधिवेशनमा देशभरिका प्रतिनिधी छानिएर आउनुपर्ने, आगामी दिनमा पार्टी चलाउनुपर्ने साथै व्यवस्थित् गर्नुपर्ने हिसाबले अघिल्लो केन्द्रीय कमिटीले गरेको निर्णयका आधारमा जारी भएको अन्तरपार्टी निर्देशनको कार्यान्वयन गर्दै देशभरिबाट प्रतिनिधी भएर हामी यो विधान महाधिवेशन सफल पार्छौ । यो दश बुंदेको आधारमा अघिल्लो केन्द्रीय कमिटीले गरेका निर्णयहरु कार्यान्वयन तहमा केही समस्याहरु देखापरेका छन् । त्यो समस्या समाधान गरेर उत्साहका साथ विधान अधिवेशनमा सहभागी हुने परिस्थितिको निर्माण यो केन्द्रीय कमिटीले गर्नुपर्छ । गर्छ भन्ने मलाई लाग्छ ।



प्रतिक्रिया दिनुहोस्