Logo

जर्मन बुन्डेसलिगामा ग्रुथर फर्थमाथि वायर्न म्युनिखको जित



काठमाडौं, ९ असोज । जर्मन बुन्डेसलिगामा वायर्न म्युनिखले ग्रुथर फर्थमाथि जित निकालेको छ । शुक्रबार राति भएको खेलमा वायर्नले ग्रुथर फर्थलाई ३–१ ले हराएको हो । थोमस मुलरले वायर्नलाई सुरुवात अग्रता दिलाएका थिए । जोशुआ किमिचले टालीको अग्रता दोब्बर बनाएका थिए ।

खेलको दोस्रो हाफमा बेन्जामिन पाभार्ड रातो कार्ड खादै मैदान बाहिरिएपछि वायर्न १० खेलाडीमा सिमित बनेको थियो । साथै, सेबास्टियन ग्रिसबेकको आत्मघाति गोलमा खेल ३–० को अवस्थामा पुगेको थियो ।
वायर्नले यस जितसँगै लगातार पाँचौ खेलमा जित निकालेको हो । वायर्न ६ खेलमा १६ अंक जोड्दै बुन्डेसलिगाको शीर्ष स्थानमा रहेको छ । फर्थ एक अंक सहित तालिकाको पुछारमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्