Logo

पवन सर्राफको हाफ सेन्चुरीमा ललितपुरले काठमाडौंलाई दियो १५८ रनको लक्ष्य



काठमाडौं, ९ असोज । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) आजबाट सुरु भएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा लिग भइरहेको छ ।

आजको उत्घाटन खेलमा काठमाडौं किंग्स इलेवेन र साविक विजेता ललितपुर प्याट्रीयट्स भिड्दैछन् । दिउँसो सवा १२ बजेबाट सुरु भएको खेलमा काठमाडौंले टस जित्दै ललितपूरलाई ब्याटिङको निम्तो दिएको थियो ।

अहिले खेलको पहिलो इनिङ सकिएको छ । ललितपुरले काठमाडौंसामु २० ओवरमा ८ विकेट गुमाउदै १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।पहिलो बलमै कप्तान कुशल भुर्तेललाई गुमाएको ललितपुरले लगातर तीन विकेट गुमाउँदै खराब सुरुवात गरेको थियो ।

तर, ललितपुरका पवन सर्राफ र योगेन्द्र कार्कीले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई खेलमा फर्काएका थिए ।पवनले ४४ बलमा ६१ रन जोड्दै चौथो संस्करणको ईपीएलमा पहिलो हाफ सेन्चुरी पुरा गरे । साथै, योगेन्द्र कार्कीले २० बलमा ३३ रन जोडे ।

काठमाडौँको तर्फबाट जितेन्द्र मुखियाले सर्वाधिक चार विकेट लिएका छन् । उनले चार ओवरमा १८ रन खर्चिएर चार विकेट लिन सफल भए । साथै, गुल्शन झाले चार ओवरमा ३५ रन खर्चिएका थिए भने २ विकेट लिन सफल भए । त्यसैगरि रायन ब्रुलले चार ओभरमा २० रन खर्चिएर दुई विकेट लिन सफल भए ।

काठमाडौं किंग्स इलेवेनमा कप्तानी सन्दीप लामिछानेले गरेका छन् । साथै, ललितपुरको कप्तानी कुशल भुर्तेलले समालेका छन् ।



प्रतिक्रिया दिनुहोस्