Logo

अबको चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउँछ : माधव नेपाल



मकवानपुर, ९ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा एमाले कमजोर हुने दाबी गरेका छन् । आज (शनिबार) हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन नेपालले यस्तो बताएका हुन् ।

उनले भने,‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन् ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओली गालीगलौजमा उत्रिएको भएपनि आफूहरु त्यस्तो नगर्ने पनि स्पष्ट पारे ।

अध्यक्ष नेपालले ओलीले आफ्नो प्रधानमन्त्री पद नै गुम्न लागेको भन्ने डरले प्रतिनिधिसभा विघटन गरेको पनि स्मरण गराए । उनले ओलीले १५ वर्षसम्म प्रधानमन्त्री बन्ने सपना देखेर संसद् विघटन गरेको पनि दाबी गरे । file photo



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम