Logo

आज थप ६ संक्रमितको मृत्यु



काठमाडौं, ९ असोज । कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज नेपालमा कोरोना भाइरसका ९ सय ५३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ९० हजार ६ सय ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज १ हजार ३ सय ७१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ५९ हजार ८ सय ७५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १० हजार ५ सय ७९ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।-File photo



प्रतिक्रिया दिनुहोस्