Logo

आईपीएलमा अहिले दिल्ली र राजस्थान भिड्दै, दिल्लीको खराब सुरुवात



काठमाडौं, ८ असोज । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटलस र राजस्थान रोयल भिड्दै छन् ।यूएईको सेख जायद क्रिकेट स्टेडियममा भईरहेको खेलमा अहिले दिल्लीले ब्याटिङ गरिरहेको छ ।
टस जितेको राजस्थानले दिल्लीलाई ब्याटिङको निम्तो दिएको हो ।

अहिले ब्याटिङ गरिरहेको दिल्लीले ७ ओभरको समाप्तिमा २ विकेट गुमाउदै ४२ रन जोडेको छ । दिल्ली ९ खेलमा १४ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको भने समान अङ्क जोडेको चेन्नाई रनरेटका आधारमा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरि राजस्थान ८ खेलमा ४ जित र ४ हार बेहोर्दै ८ अङ्कका साथ लिगको पाँचौं स्थानमा रहेको छ । साथै, ९ खेलमा ५ मा जित र ४ हार बेहोर्दै बेङ्ग्लोर १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्