Logo

मारवाडी सेवा समिति र श्री पशुपति गौशला धर्मशालाद्धारा विभिन्न व्यक्तिलाई निःशुल्क कृत्रिम खुट्टा वितरण (फोटोफिचर)



काठमाडौं, ९ असोज । मारवाडी सेवा समिति र श्री पशुपति गौशला धर्मशालाले संयुक्त रुपमा विभिन्न व्यक्तिहरुलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरेको छ । आज श्री पशुपति गौशला धर्मशालामा एक कार्यक्रमको आयोजना गरेर समितिले कृत्रिम खुट्टा वितरण गरेको हो ।

यसरी कृत्रिम खुट्टा गोरखा करौजाकी मंगली गुरुङ, गुल्मी मदानेकी दीपा घर्तीमगर, काभ्रेका पदमदास परियार, सिन्धुलीकी ताराकुमारी रोका र सिन्धुपाल्चोकका सुरेश दुलाललाई प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्