Logo

दुई महीनामै भित्रियो साढे ४४ करोडको विद्युतीय गाडी



बझाङ, असोज १० । सरकारले भन्सार महसुल बढाएपछि अघिल्लो आर्थिक वर्षको पहिलो २ महीना ठप्पै भएको विद्युतीय गाडीको आयात यस वर्ष भने ह्वात्तै बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो २ महीनामा करीब साढे ४४ करोड रुपैयाँको विद्युतीय चारपांग्रे सवारीको आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको असार र साउनमा ४४ करोड २ लाख रुपैयाँको १४२ ओटा जीप, कार र भ्यान आयात भएको छ । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय गाडीको भन्सार बढाएर ४० देखि ८० प्रतिशतसम्म पुर्‍याएका थिए । भन्सार वृद्धिसँगै अघिल्लो वर्षको जेठदेखि भदौसम्म आयात ठप्पै देखिएको थियो ।

अघिल्लो आव २०७७/७८ को १२ महीनाको अवधिमा जम्मा २४९ ओटा मात्रै विद्युतीय जीप, कार र भ्यान आयात भएका थिए । उक्त अवधिमा नेपालमा ६५ करोड ७८ लाख रुपैयाँको विद्युतीय जीप, भ्यान र कार आयात भएको थियो । आव २०६६/६७ मा विद्युतीय गाडीको आयात संख्या ६ सयभन्दा बढी थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्