Logo

भेरी बबई डाइभर्सन दोस्रो चरणको काम सुस्त



सुर्खेत, असोज १० । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम सुुस्त ढङ्गले अगाडि बढेको छ । यस आयोजनाको पहिलो चरणको काम भने तोेकिएको समयभन्दा एक वर्षअघि नै पूरा भएको थियो ।

टनेल बोरिङ मेसिन (टीबीम)बाट १२.२० किलोमिटर लामो र ४.२० मिटर व्यास भएको सुरुङ निर्माण तोकिएको अवधिभन्दा एक वर्षअघि नै सम्पन्न भइसकेको हो ।

२०७६ साल वैशाख ३ गते सुरुङको ‘ब्रेक थ्रु’ गरिएको थियो । एक वर्षअघि नै पहिलो चरणको सुरुङ खन्ने काम सकिएपछि आयोजनाको अन्य काम पनि छिट्टै हुने विश्वास गरिएको थियो तर दोस्रो चरणको कामको गति सुस्त बन्दा स्थानीय तथा सरोकारवाला सबैलाई चिन्ता बढाएको छ ।

हेड वक्र्स, बाँधलगायत अन्य काम दोस्रो चरणमा गर्नुपर्नेछ । कहिले कोरोना, कहिले मजदुर अभावका कारण दोस्रो चरणको काम सोचेजस्तो हुन नसकेको आयोजना कार्यालयले जनाएको छ । लगातार काम अवरुद्ध हुँदा २०८० सालभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यमा चुनौती थपिएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्