Logo

दराजले ल्यायो दशैं धमाकाःनिःशुल्क सिपिंग, उत्कृष्ट ब्रान्डहरुमा थुप्रै डिस्काउण्ट साथै टी भीएस एनटर्क १२५ जित्ने मौका



काठमाडौँ, १० असोज । नेपालको अग्रणी अनलाइन बजार, दराजले आफ्नो वार्षिक उत्सव अभियान ‘दराज दशैं धमाका’ सुरु भएको घोषणा गरेको छ । यो अभियान असोज १० देखि सुरु हुने छ र यस्मा ग्राहकहरुले १० लाख भन्दा बढी उत्पादनहरुमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ। अभियानको मुख्य आकर्षणहरु भने निः शुल्क शिपिंग, अनलाइन प्री–पेमेन्टमा २०% (अधिकतम रु २,५००) को छुट, रु ५००० सम्मको मेगा भाउचर, ५०,००० मूल्यको उत्पादन रु १ मा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कूटर रहेको छ। त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिमि सुविधाले ग्राहकहरुलाई अभियानको अवधिमा हरेक दिन भाउचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनिको दाबी रहेको छ।

अभियानको अन्य हाइलाइटहरु भने रश आवर, इमेज रिभिउ एण्ड विन, नयाँ प्रयोगकर्ताको लागि भाउचर, खेल क्षेत्रहरु, फलो एण्ड विन, विक्रेता वाउचर र फटाफट डिल रहेका छन्। अभियानको थप विवरण तल उल्लेख गरिएको छ ।

कार्ड प्रीपेमेन्ट छुटको कुरा गर्दा ग्राहकहरु डेबिट कार्डको माध्यमबाट २०% (अधिकतम रु २००० छूट) र क्रेडिट कार्डको माध्यम बाट २०% (अधिकतम रु २,५०० छुट) सम्म बचत गर्न सक्षम हुनेछन्। विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाडौँ र सिटिजन्स बैंकका ग्राहकहरु माथि उल्लेखित पूर्व–भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन्। यसबाहेक, ग्राहकहरु एनआईसी एशिया बैंक,सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट ०% ब्याजमा सजिलो मासिक किस्त योजनाको मजा लिन सक्नेछन्। साथै, आईएमई पे वा ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १०% (अधिकतम रु १०००) सम्मको अतिरिक्त छुट पाउन सक्नेछन्। दराज प्रयोगकर्ताहरुलाई छुट प्राप्त गर्नको लागी आफ्नो बैंक कार्ड सक्रिय गर्न सल्लाह दिईन्छ ।

दराज दशैं धमकामा लोकप्रिय खेल १ रुपैयाँकोे माध्यमबाट ग्राहकहरुले १ रुपैयाँमा निम्न मध्य कुनै पुरस्कार जित्नको लागी भाग लिन सक्ने छन् । २ रात तीन दिन पोखराको राउन्ड ट्रिप, रियलमि सी २१ वाई , मन्त्र मुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर पिउरिपÞmायार, र श्री बालाजी हिराको झुम्का । स्पष्ट गर्नको लागी, एक ग्राहकले मात्र एक पुरस्कारको लागी खेल्न सक्नेछ । भाग लिनको लागी, ग्राहकहरु अनलाइन प्रीपेमेन्टको माध्यमबाट रु.१ प्रीपे गर्नु पर्ने कम्पनीले जनाएको छ ।

यसै गरि दशैं धमाकामा सामसंग देखि एप्पल फोनहरुमा विशेष छुटहरु रहेका छ भने रियलमि सी २१ वाईको विशेष प्रक्षेपण हुने दराजले जनाएको छ । ग्राहकहरुले असोज १० (सेप्टेम्बर २६) बाट विशेष गरी दराजमा रियल मि सी २१ वाईको प्रिबुक गर्न सक्नेछन् । साथै दराज दशैं धमाकाको ग्राहकहरुले आधिकारिक ब्रान्डहरुमा थुप्रै छुट पाउन सक्नेछन्। येति मात्र नभई, ग्राहकहरुले दराज जेम्सको माध्यमबाट भाउचरहरु पनि सजिलै प्राप्त गर्न सक्नेछन्।

अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुमा बिशेष छुट
दशैं धमाकामा एम आई, फिलिप्स, आमय्रा, रोह्तो, कन्भर्स, लोट्टो, वाइल्डहर्न, एर्के, सीजी डिजिटल, पानासोनिक, न्यु ब्यालेन्स, बियर्डो, मी मी, मसला बिड्स, मामाअर्थ, फ्यानटेक, सामसंग, र रियल मि जस्ता पार्टनर ब्रान्डहरुले ७० % सम्मको छुट प्रस्ताव गरिरहेका छन्। यतिमात्र नभई, ग्राहकहरुले दराजको ग्लोबल कलेक्सन मार्फत भारतको केहि उत्कृष्ट ब्रान्ड – उस्त्र, इनविभ, आयिषा, जनास्याहरुको उत्पादन खरिद गरि ७०% सम्मको छुट पाउन सक्नेछन्।

“हामी हाम्रो वार्षिक दशैं धमका अभियान सुरु भएकोमा निकैनै उत्साहित छौं। यसपालीको दशैं धमाकामा हाम्रो ग्राहकहरुको लागि थुप्रै अफर, छुटहरु रहेको छ र हामी आसा गर्छौ कि हाम्रा ग्राहकहरुलाई यो बर्ष अझ धेरै रमाईलो अनुभव हुनेछ ।” दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने, “हजारौं विक्रेता र ब्रान्ड पार्टनरहरूको साथ हामी विभिन्न नयाँ उत्पादहरू,आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु, र अनलाइन भुक्तानीमा विशेष साझेदार छुटहरु लिएर आउदै छौं भने दराज जेम्स र दराज लाइभ जस्ता नयाँ विशेषताहरुले ग्राहकहरुको अनुभवलाई अधिक इनामदायी बनाउने छ। हामी धेरै आशावादी छौं कि यो अभियान हाम्रा सबै ग्राहकहरु र विक्रेताहरुको लागी दशैंलाई अजै रोमान्चक बनाउने एउटा सुनौलो अवसर बन्ने छ ।”

 



प्रतिक्रिया दिनुहोस्