Logo

कांग्रेसको भोजपुर–अरूण समिति सभापतिमा राई, उप–सभापतिमा सापकोटा



काठमाडौं, १० असोज। नेपाली कांग्रेसको भोजपुर अरुण गाउँपालिका समितिको सभापतिमा श्रीकुमार राई र उपसभापतिमा डिल्ली सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको १४औँ अधिवेशनको पालिकास्तरीय अधिवेशन अन्तर्गत गाउँपालिकाको अधिवेशनबाट अरुण गाउँपालिका समिति राई सभापति र समाजसेवी सापकोटा उपसभापतिमा सर्वसम्मत चयन भएका हुन् । अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा भएको अधिवेशनबाट नयाँ गाउँपालिका समिति बनेको हो ।

त्यस्तै उपसभापतीमा नेत्र ब बस्नेत, सचिवमा ज्ञानेन्द्र दाहाल र राम आचार्य, सहसचिवमा ललित राई र राम कुमार थापा चयन भएको प्रमुख निर्वाचन अधिकृत भवानी श्रेष्ठले जानकारी दिए । श्रीकुमार राईको सभापतीत्वमा नवगठित ५२ सदस्य गाउँपालिका समिति चयन भएको प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

उक्त पालिकाको ७ वटै वडाको अधिवेशन सम्पन्न भइसकेको छ । करिब १ सय २३ जना क्षेत्रीय प्रतिनिधि समेत छनौट भएका छन् । अरुण गाउँपालिका सम्पूर्ण वडाका सबै पदकका लागि सहमतिमा पदाधिकारी चयन भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्