Logo

आज नेपाल र ओमान बीच मैत्रीपूर्ण खेल हुँदै



काठमाडौं, १० असोज । नेपाली राष्ट्रिय फुटबल टोली आज (आइतबार) ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ओमानविरुद्ध कतार दोहास्थित कतार युनिभर्सिटीको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफको तयारीका लागि नेपाली टोली कतारमा रहेको छ । नेपाली टोली कतारबाटै साफ च्याम्पियनसिपको लागि माल्दिभ्स जाने छ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुँदैछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८ गते खेल्नेछ। नेपालले तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ मा खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot