Logo

स्प्राइटको प्रोमोशनल अभियान



बजाज पल्सर १२५ सीसी, सामसङ एफ २२ मोबाइल, सामसङ्ग टिभी र अन्य थुपै्र दैनिक र साप्ताहिक पुरस्कार जित्ने मौकाःअर्को विजेता तपाई बन्न सक्नुहुन्छ

काठमाडौं, १० असोज । लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले “स्क्रिन टाइम प्रमोशनल अभियान” “चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ” शीर्षकको साथ सुरूवात गरेको छ । यस अभियानको उद्येश्य धेरै भन्दा धेरै उपभोक्ताहरु सम्म पहुँच पुर्याउनु र उनीहरुलाई रिफ्रेस गर्ने भएको कम्पनीले जनाएको छ ।

यस अभियान अन्तर्गत उपभोक्ताहरुले एउटा बजाज पल्सर १२५ सीसी, एउटा सामसङ ४३ इन्चको टेलिभिजन र ५ वटा सामसङ एफ २२ मोबाइल हरेक हप्ता जित्ने मौका पाउँनेछन् । त्यसै गरी, दैनिक लक्की ड्र अन्तर्गत ५ जना भाग्यशाली सहभागीहरुले हरेक दिन एउटा सामसङ मोबाइल एफ २२ जित्ने मौका पाउँनेछन् ।

यो अफरमा सहभागी हुनको लागी उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ वा सीधै धधध।कउचष्तभ।अयm।लउ मा लग इन गर्नुपर्नेछ । त्यसपछि उनीहरुले आफ्नो मोबाइल नम्बर सहित लेबल पछाडि रहेको सिरियल नम्बरलाई इन्टर गर्नुपर्नेछ । वैकल्पिक रूपमा, सहभागीहरुले आफ्नो पूरा नाम सहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरलाई एसएमएस गर्न सक्नेछन् । यो योजना भाद्र ३० गतेदेखि शुरू भएको थियो र कार्तिक १८ सम्म लागु हुनेछ । यो अफर ५०० मिलिलिटरको स्प्राइटको पीईटी प्याक, १ लिटर, १.५लिटर र २.२५ लिटर किन्दा लागु हुनेछ । यस अफर समावेश नभएका बोतलहरु पनि बजारमा उपलब्ध छ । नियम र शर्तहरुका विवरण स्प्राइटकोे आधिकारिक वेभसाइटबाट जानकारी लिन सकिने जनाइएको छ ।

यो प्रमोशन स्प्राइटको “क्लियर रह”अभियान को हिस्सा हो, जसको उद्देश्य भनेको युवाहरूलाई स्प्राइटकोे साथमा आफ्नो दिनको मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु रहेको जनाईएको छ । यस प्रमोशनमा स्प्राइटका ब्राण्ड एम्बासाडर अनमोल के.सी.लाई छायांकन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्