Logo

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड एलाभेससँग पराजित



काठमाडौं, १० असोज । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड डिपोर्टिभो एलाभेससँग पराजित भएको छ । शनिबार भएको खेलमा एटलेटिको डिपोर्टिभो एलाभेससँग १–० गोल अन्तरले पराजित भएको हो ।
खेलको चौंथो मिनेटमा भिक्टर लागर्डियाले विजयी गोल गरेका थिए ।

हारसँगै एटलेटिकोले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । एटलेटिकोले ७ खेलमा १४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । एलाभेसले पहिलो जित निकाल्दै ६ खेलमा ३ अंक जोडेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्