Logo

घरेलु मैदानमा चेल्सी पराजित, म्यानचेस्टर सिटीको जित



काठमाडौं, १० असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । शनिबार भएको खेलमा सिटीले चेल्सीलाई घरेलु मैदानमा १–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ५३औं मिनेटमा ग्राबियल जिससले कान्सेलोको पासमा निर्णायक गोल गरे ।

यस जितसँगै सिटीले ६ खेलमा १३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीको पनि ६ खेलमा १३ अंक रहदै तेस्रो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्