Logo

नारदमुनि रानाको प्रश्न : केपी ओलीलाई कसरी असफल नेता भन्न मिल्छ ? (भिडिओसहित)



काठमाडौं, १० असोज । नेकपा (एमाले) का नेता तथा सांसद नारदमुनि रानाले आफ्नो पार्टीभित्र कुनै विवाद नभएको स्पष्ट पारेका छन् । उनले आफूहरु यतिवेला महाधिवेशनको तयारीमा जुटेको पनि बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई असफल नेता भन्न नमिल्ने दाबी गरे । उनले ४१ महिने कार्यकालमा ओलीले धेरै महत्वपूर्ण काम गरेको भन्दै फेहरिस्त पेश गरे । उनले अध्यक्ष ओली र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाबीच तुलना नै गर्न नमिल्ने जिकिर गरे । उनले देउवाले सरकार गठन भएको यत्तिका दिन बितिसक्दापनि सरकारलाई पूर्णता दिन नसकेको दाबी गरे ।

नेकपा (एकीकृत समाजवादी) की सांसद निरादेवी जैरुले एमाले अध्यक्ष ओलीले एकपछि अर्को गरेर विधान र कानून मिचेको स्मरण गराईन् । उनले ओलीले संविधान नै ध्वस्त पार्नेगरि कदम चालेको पनि आरोप लगाईन् । उनले आँफैले हत्या गरेको संसद्मा अहिले एमाले सांसदहरुले वितण्डा मच्चाईरहेको टिप्पणी गरिन् ।



प्रतिक्रिया दिनुहोस्