Logo

पूर्व युवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीचको रमाइलो भेटघाट



काठमाडौँ, १० असोज । पूर्व युवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीच रमाइलो भेटघाट भएको छ । उनीहरुबीच हिजो (शनिबार) रात्रीकालिन समयमा भेटघाट भएको हो । मनिषाले आफ्नो सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै पूर्व युवराज्ञी हिमानीलगायत अन्य महिलाहरुसँग विशेष समय बिताएका लेखेकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,‘बलियो महिलाहरुसँग बिताएको समय मेरो लागि हिजो रातीको रमाइलो पल थियो….

‘विश्वलाई बलियो महिलाको आवश्यक छ । जसले अरुलाई अगाडी बढ्न र अरुलाई निर्माण गर्न मद्दत गर्छ । जसले अरुलाई माया गर्न सक्छ र अरुबाट माया पाउन सक्छ । महिला जो नरम र उग्र दुवै क्षमता भएको हुन्छ ।–एमी टेनी



प्रतिक्रिया दिनुहोस्