Logo

भीम रावलले उठाएको दश बुँदे कार्यान्वयनको सन्दर्भमा एमाले स्थायी कमिटी बैठकमा छलफल



काठमाडौं, १० असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थायी कमिटी बैठक जारी छ । बैठकमा अहिले समूहगत छलफलबाट आएको सुझावको विषयमा छलफल भैरहेको जनाईएको छ । पार्टीको जारी केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको हो ।

केन्द्रीय कमिटीको बैठकमा भीम रावल, झपट रावल र भानुभक्त जोशीले दश बुँदे सहमति कार्यान्वयनमा जोड दिएपछि यो विषयमा अहिले स्थायी कमिटीमा छलफल भैरहेको छ ।

दश बुँदे सहमति खासगरी सुदुरपश्चिम प्रदेशमा कार्यान्व्यन नभएको रावललगायत नेताहरुको गुनासो छ । यस विषयमा उनीहरुले अध्यक्ष केपी शर्मा ओलीको समेत ध्याानाकार्षण गराएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्