Logo

पाकिस्तानलाई लक्षित गर्दै मोदीले भने,‘आतंकवादलाई राजनीतिक उपकरणको रुपमा प्रयोग गर्नु खतरनाक हुनसक्छ’



एजेन्सी, १० आसेज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान र चीनलाई लक्षित गर्दै आतंकवादलाई राजनीतिक उपकरणको रुपमा प्रयोग गरे खरतनाक परिणाम भोग्नु पर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

पाकिस्तानको प्रतिगामी नीतिले आतंवादलाई बढावा दिएको समेत उनले स्पष्ट पारे । उनले भनेको विषयलाई सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ,‘पाकिस्तानले आतंवादलाई राजनीतिक उपकरणको रुपमा प्रयोग गरे खतरनाक स्थिती भोग्नु पर्छ । आफगानिस्तानको भूमिलाई आतंवादको अड्डा बनाउनु भएन । यसको न्युनीकरण तर्फ लाग्नु् पर्छ ।’

उनले अफगानिस्तानको विषयलाई समेत आफ्नो सम्बोधनमा समेटेका छन् । अफगानिस्तानको विषयमा उनले भने,‘अफगानिस्तानका अवस्था निकै नाजुक छ । त्यहाँका महिला, बालबालिका, अल्पसंख्यकलाई मद्दतको आवश्यकता छ । हामी मद्दत गर्ने दायिात्वबाट चुक्नु हुँदैन् ।’ उनले लोकतन्त्रले भारत बालियो अवस्थामा रहेको बताए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्