Logo

कपनको ढलमा खसेको बालक ५ दिनपछि बागमतीमा भेटिए



ललितपुर, १० असोज । कपनको ढलबाट खसेर वेपत्ता बालकको शव फेला परेको छ । उनको शव ललितपुरको घुसेलस्थित बागमती नदी किनारमा भेट्टिएको हो ।

नदीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालकको चिनिन नसक्ने शवको पहिचान भएको हो ।

उनको शव पाटन अस्पताल ल्याएर पोष्टमार्टम गर्ने तयारी भएको छ । मंगलबार कपनको ढलबाट खसेर १० वर्षीय बालक उज्ज्वल विक वेपत्ता भएका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्