Logo

कपिल शर्माको उजुरीपछि डिजाइनरका छोरा पक्राउ



एजेन्सी, १० असोज । चर्चित कमेडियन कपिल शर्माको आफ्नो शो बाहेक कहिले–कहिले विवादको कारण पनि चर्चा हुने गर्छ । केही दिन अगाडी कपिल शर्माविरुद्ध एक वकिलले एफआइआर दर्ता गरेका थिए । उनले कपिल शर्मामाथि अदालतमा अपमान गरेको आरोप लगाएका छन् ।

कपिल शर्माको एक पुरानो उजुरीको आधारमा कार डिजाइनर दीलीप छावडियाको छोरा हाल पक्राउ परेका छन् । २०१७ मा कपिल शर्माले छाबडियाको वैनिटि वैन बनाउनको लागि ५ करोड २ लाख रुपैयाँ दिएका थिए । तर उनले वैनिटी वैन हालसम्म प्राप्त  गरेका छैनन् ।

कपिल शर्माको अनुसार छाबडियालाई मार्चबाट मे महिना सम्ममा ५ करोड रुपैयाँ दिएका थिए । २०१९ सम्म कुनै प्रक्रिया अगाडी नबढेपछि नेशनल कम्पनी ट्रिब्युनलले अप्रोच गर्यो । छावडियाले उल्टै २०२० मा १ करोड २० लाख रुपैयाँ वैनिटी पार्किग चार्जको लागि कपिलसँग माग गरे । त्यसपछि कपिलले प्रहरीलाई उजुरी दिएका हुन् ।

दीलीपको छोरालाई सोधपुछको लागि प्रहरीले बोलाएको हो । उनलाई प्रहरीको सवालमा प्रश्न गरेपछि पक्राउ गरिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्