Logo

एमाले केन्द्रीय कमिटी बैठक जारी, अहिले विष्णु पौडेल आफ्नो धारणा राख्दै



काठमाडौं, १० असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकजारी छ । यसअघि स्थायी कमिटी बैठक बसेको थियो । अहिले केन्द्रीय कमिटीमा समूहगत टोलीले अघि सारेका सुझावमाथि नेताहरुले जवाफ दिईरहेका छन् । छलफलको लागि केन्द्रीय कमिटीमा १० समूह बनाईएको थियो । अहिले उपमहासचिव विष्णु पौडेलले आफ्नो धारणा राखिरहेका छन् ।

यसपछि अध्यक्ष केपी शर्मा ओलीले रजनीतिक प्रतिवेदनमाथिको सवालबारे जवाफ दिने भएका छन् । त्यस्तै, सांगठनिक प्रतिवेदनमाथिको सुझावबारे महासचिव ईश्वर पोखरेलले जवाफ दिने बताईएको छ । आगामी असोज १५ देखि हुने विधान महाधिवेशनमा पेश गरिने विभिन्न प्रतिवेदनबारे केन्द्रीय कमिटी बैठकमा छलफल जारी छ । file photo



प्रतिक्रिया दिनुहोस्