Logo

१७ किलो गाँजासहित एक पक्राउ



मोरङ, १० असोज । लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका १४ जतुवा बस्ने २५ बर्षीया आरती देवी यादवलाई १७ केजी अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा लागूऔषध लुकाई राखेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्