Logo

घरायसी बिबाद हुँदा युवकको हत्या, ६२ वर्षीय पुरुष पक्राउ



सुनसरी, १० असोज । युवकको हत्या गरेको अभियोगमा ६२ वर्षीय पुरुष पक्राउ परेका छन् । छिमेकी २१ वर्षीय राजु थापालाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका–३ सुनौलो टोल बस्ने ६२ वर्षीय देवी प्रसाद अधिकारीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

सामान्य घरायसी बादबिबाद हुँदा अधिकारीले छुरा प्रहार गर्दा थापा गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो । उपचारको लागि घोपा धरान लैजाने क्रममा थापाको मृत्यु भएको थियो । साथै पक्राउ परेका अधिकारी समेत घाइते भएकाले प्रहरीको निगरानीमा उपचार भइरहेको बताएको छ ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्