Logo

आफ्नै कोठामा तास खेलाइरहेका तामाङसहित ९ जना पक्राउ



काठमाडौं, १० असोज । तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका १ ठुलाढिक डेरा गरी बस्ने खोटाङ खोटिह्याङ गाउँपालिका ८ घर भएका बीरेन तामाङको कोठामा तास खेलिरहेका अवस्थामा तामाङ सहित ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

तामाङले आफ्नै कोठमा जुवातास खेलाईरहेको सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७ हजार १ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्