Logo

ईपीएलमा चितवन टाइगर्सको विजय सुरुवात



काठमाडौं, १० असोज । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा चितवन टाइगर्सले विजय सुरुवात गरेको छ ।टियु क्रिकेट मैदानमा आज (आइतबार) भएको खेलमा विराटनगर वारिवर्सलाई २ विकेटले पराजित गर्दै चितवनले विजयी सुरुवात गरेको हो ।

विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।चितवनको जितमा राजेश पुलामीले अविजित ४३ रन बनाए । साथै, शाहब आलम पनि १ रनमा अविजित रहे । दिलिप नाथले २३ रन बनाए भने भिम सार्कीले ३० रन जाडे साथै करिम जनतले १९ र इशान पाण्डे १० रन बनाए ।

कप्तान सोमपाल कामी ९ रनमा आउट भए । सेकुगे प्रसन्न ३ रन तथा कमल सिंह ऐरी र हमद शाहजाद १ रनमा पेभेलियन फर्किए । विराटनगरका सिकन्दर राजा र करण केसीले २-२ विकेट लिए । अनिल खरेल, प्रतिस जिसी र रायन पठानले १÷१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।विराटनगरका लागि सिकन्दर राजाले ४७ बलमा ७ छक्का र २ चौका प्रहार गर्दै ६७ रन जोडे । यस्तै अनिल शाहले ३२ रन जोडे भने सौरभ खनालले अविजित ३० रन बनाए साथै अनिल खरेल सुन्य रनमा अविजित रहे । विराटनगरका सुमित महर्जन, प्रतिष जिसी र आसिफ शेखले खाता खोल्न सकेनन् ।



प्रतिक्रिया दिनुहोस्