Logo

चार गाउँपालिकामा कांग्रेस पदाधिकारी सर्वसम्मत



बलेवा, १० असोज: बागलुङका दशमध्ये चार स्थानीय तहमा भएको अधिवेशनले सबै पदाधिकारीलाई सर्वसम्मत चयन गरेको छ । शनिबार सुरुभएको अधिवेशनमा आज बिहानसम्म निसीखोला, तमानखोला, ताराखोला र काठेखोला गाउँपालिकामा सर्वसम्मत पदाधिकारी निर्वाचित भएको जिल्ला कोषध्यक्ष उमेश गौतमले जानकारी दिए ।

बरेङ र बडिगाड गाउँपालिका तथा बागलुङ, गलकोट र ढोरपाटन नगरपालिकामा आज बिहानदेखि निर्वाचनका कार्यक्रम सुरु भए पनि सर्वसम्मत नेतृत्वका लागि पहल भइरहेको निर्वाचन समितिले जनाएको छ । शनिबार भएको अधिवेशनमा निसीखोला गाउँपालिकाको पार्टी सभापतिमा–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत प्रेमबहादुर रोकाका अनुसार उपाध्यक्षमा लीलबहादुर कुँवर र धनबहादुर रोका, सचिवमा राजमान बुढा र धनबहादुर खत्री, सहसचिवमा मिलन कार्की र शेरबहादुर विक निर्वाचित भएका हुन् । मानखोलाको सभापतिमा लीलाकुमार छन्त्याल उपसभापतिमा खिमबहादुर छन्त्याल र गोर्खबहादुर घर्ती, सचिवमा तेजेन्द्रकुमार पुन र अनिस सिर्पाली तथा सहसचिवमा लीला छन्त्याल र प्रेमबहादुर पुनमगर चयन भएको निर्वाचन अधिकृत बसन्त घर्ती मगरले जानकारी दिए ।

यसैगरी ताराखोला गाउँपालिकाको पार्टी सभापतिमा कमलापति पाठक, उपसभापतिमा आशिकला घर्ती मगर र श्यामभक्त कँडेल, सचिवमा खेमराज गैरे र नवराज सुवेदी, सहसचिवमा प्रेमलाल नाइसा र कमलापति सापकोटा निर्वाचित भएका छन् ।

काठेखोला गाउँपालिकाको पार्टी सभापतिमा यामदत्त कँडेल, उपसभापतिमा गौरीशङ्कर शर्मा र खडकबहादुर कार्की, सचिवमा देवेन्द्र खड्का र चन्द्रकुमार पुन, सहसचिवमा महेन्द्र पुन र हरिकला थापालगायत सबै पदाधिकारी सर्वसम्मत चयन भएका निर्वाचन समितिले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot