Logo

कांग्रेस महामन्त्री खड्का दम्पती कोरोना संक्रमित, देउवापनि कन्ट्याक्ट-ट्रेसिङमा परे



काठमाडौँ, १० असोज। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको छ । खड्काले आज (आइतबार) सामाजिक सञ्जालमा ट्वीटरमार्फत कोरोना पोजिटिभ भएको जानकारी गराएका हुन् ।

दुई दिनअघिदेखि ज्वरो–खोकीको समस्यामा रहेका उनले आज परीक्षण गराएको जनाएका छन् । उनले लेखेका छन्, ‘८ गते ४ बजे देखि ज्वराे खाेकि सुरु भएकाे, आज १० गते एन्टिजिन र PCR परिक्षण गराउँदा दुबैमा पाेजेटिभ। धेरै सतर्कताका बाबजुद अन्ततः काेभिडले घेरि छाेड्याे । ८ गते ४ बजे सम्म मेराे सम्पर्कमा रहनु भएका सबैमा सतर्कताकाे लागि अनुराेध? ।’ खड्का दम्पती संक्रमित भएसँगै काँग्रेस सभापति शेर बहादूर देउवा पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्