Logo

मन्त्रिपरिषद विस्तार अझै अनिश्चित, शिर्ष नेतालाई भागवण्डाको जिम्मा



काठमाडौं, १० असोज । मन्त्रिपरिषदको विस्तारबारे सत्ता गठबन्धनका नेताहरु आज पनि टुंगोमा पुग्न सकेनन् । चाँडै मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएपनि कतिपय विषयमा कुरा नमिलेकाले अन्यौल देखिएको छ ।

आज बालुवाटारमा शिर्ष नेताहरुसहितको बैठक बसेर भागवण्डाको जिम्मा दिएको छ । सत्ता गठबन्धनका शिर्ष नेताहरुलाई भागवण्डाको टुंगो लगाउने जिम्मा दिने सहमति भएको बुझिएको छ ।
मन्त्रालयको संख्यामा कुरा मिलेपनि मन्त्रालयमा विवाद देखिएको छ । प्रदेशका मुख्यमन्त्रीलगायतका विषयसहित प्याकेजमा सहमतिको विषय पनि उठेको छ । उपसभामुख कस्ले पाउने भन्ने विषय पनि उठेको छ ।

राजनीतिक दल फुटाउन सजिलो हुने गरी ल्याइएको अध्यादेशले पनि अन्यौल बढाएको छ । अध्यादेश निष्कृय भएको छैन । अर्कोतर्फ, अदालतमा नेकपा एसको दर्ता बदरको उद्देश्यका साथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुद्दा दायर गरेका छन् । त्यसको टुंगो लाग्न बाँकी छ ।

यसैं हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुने भनिएपनि कुरा मिल्न कठिन छ । अध्यादेशको टुंगो नलागी जसपा र नेकपा एस सरकारमा जान तयार छैनन् । यसरी नै अन्यौल रहेमा दशैं अगाडि मन्त्रिपरिषद विस्तार हुने सम्भावना कमजोर छ ।



प्रतिक्रिया दिनुहोस्