Logo

भैरहवाविरुद्ध पोखराको खराब सुरुवात, वर्षाका कारण खेल अवरुद्ध



काठमाडौं, १० असोज । चौथो संस्करणको एभेरेष्ट प्रिमियर लिग (ईपीएल)मा पोखरा राइनोज र भैरहवा ग्लाडियटर्स बीचको खेल अवरुद्ध भएको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भइरहेको खेल वर्षाका कारण अवरुद्ध भएको हो । टस जितेर ब्याटिङ रोजेको पोखराले खराब सुरुवात गरेको छ । पोखराले १० ओभरको समाप्तिमा ७ विकेट गुमाउदै ६५ रन बनाएको छ ।

आजको पहिलो खेल चितवन टाइगर्स र विराटनगर वारियर्स बिच भएको थियो । जसमा चितवनले जित हार पारेको थियो । चितवनले विराटनगरालई २ विकेटले हराएको हो । विराटनगरका कप्तान शरद भेषवाकर छन् भने पोखराको कप्तानी विनोद भण्डारीले समालेका छन् ।



प्रतिक्रिया दिनुहोस्