Logo

आज ८३४ संक्रमित थप, १२ सय ७९ निको



काठमाडौं, १० असोज । आज नेपालमा कोरोना भाइरसका ८ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ९१ हजार ३ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६१ हजार १ सय ५४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ७ सय ३६ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्