Logo

आज थप ९ संक्रमितको मृत्यु



काठमाडौं, १० असोज । कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका ८ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ९१ हजार ३ सय ९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज १ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६१ हजार १ सय ५४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ७ सय ३६ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्