Logo

भारत सरकारको सहयोगमा डोम परिवारले पाए छानो, सांसद चौधरीले गरिन् वितरण



सप्तरी, १० असोज । नेपाल–भारत महिलामैत्री समाजले सिरहा र सप्तरीका बाढी/पहिरो पीडित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । आइतबार राजबिराजमा आयोजित एक कार्यक्रमकाबीच भारत सरकारबाट प्राप्त सहयोग मैत्री समाजले करिव एक सय पीडित घरपरिवारलाई पुग्ने राहत सामग्री हस्तान्तरण गरेको हो ।

सप्तरी जिल्ला बिपद ब्यबस्थापन समितीका अध्यक्ष तथा जिल्ला प्रशासन प्रमुख जनार्दन गौतमलाई महिलामैत्री समाजकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले करिव ४२ लाख बराबरको राहत सामग्री पीडित परिवारलाई हस्तान्तरण गरेकी हुन ।

कार्यक्रमलाई संबोधन गर्दै सांसद चौधरीले राहत बास्तबिक पीडित समक्ष पुग्नुपर्ने आग्रह गरिन् । त्यस्तै, जिल्ला प्रशासन प्रमुख जनार्दन गौतमले सहयोगका लागि भारत सरकार र महिला मैत्री समाजलाई धन्यवाद व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो । सो अबसरमा पीडितहरुको अस्थायी बसोबासका लागि ठूलो टेन्ट ३० वटा , सानो टेन्ट ५५ वटा, मझौला टेन्ट २५ वटा र प्लाष्टिकको गुन्द्री २०० वटा लगायतको सामग्री थिए ।

त्यस्तै, सिरहामा पनि आजै सांसद चौधरीले राहत सामाग्री वितरण गरेकी हुन् । २० घर दलित (डोम परिवार) लाई एक/एक बोरा टेण्ट दिईएको छ । अन्य राहत सामाग्री सिरहाका सिडिओमार्फत वितरण गर्नेगरि हस्तान्तरण गरिएको पनि सांसद चौधरीले जानकारी दिईन् । भारत सरकारले प्रदान गरेको सहयोग सामाग्री विभिन्न दश जिल्लामा वितरण गरिने भएको छ ।

सांसद चौधरीका अनुसार अहिलेसम्म लुम्बिनी प्रदेशका रुपन्देही र नवलपरासीमा राहत सामाग्री वितरण गरिएको छ । त्यसैगरि, प्रदेश नम्बर २ का पाँच जिल्लाहरु पर्सा, सर्लाही, धनुषा, सिरहा र सप्तरीमा पनि राहत सामाग्री वितरण गरिसकिएको छ । उनकाअनुसार भोलि महोत्तरीमा वितरण गरिने र त्यसलगत्तै बारा र रौतहटमा पनि राहत सामाग्री बाढि÷पहिरो पीडित परिवारलाई वितरण गरिनेछ । उनले प्रत्येक जिल्लामा एक सय १० परिवारलाई टेन्ट र दुई सय म्याट्रेस प्रदान गरिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्