Logo

मध्य भोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँट



काठमाडौं, ११ असोज । मध्य भोटेकोशी जलविद्युत कम्पनीले साउन ५ गतेदेखि ३२ गतेसम्म बिक्रि गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि १८० कित्तासम्मका लागि आवेदकको माग बमोजिम शेयर बितरण गरेको छ ।

बैंकले १९० कित्तादेखि ४ सय कित्तासम्म माग गर्ने आवेदकहरुमध्ये बाट २३ सय १३ जनालाई गोलाप्रथाबाट र थप १० कित्ताको दरले शेयर बाँडफाँट गरेको जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अन्तर्गत बाहेक सिन्धुपाल्चोक जिल्लाका आवेदकहरुमध्येबाट १० कित्तादेखि ४० कित्तासम्म माग गर्नेलाई माग बमोजिम र ५० देखि ४ सय कित्तासम्म माग गर्नेलाई गोलाप्रथाबाट ४० हजार ५४८ जनाले थप १० कित्ताको दरले शेयर वितरण गरेको छ ।
आईपीओमा १ लाख ८ हजार ५२७ जनाले आवेदन दिएका मध्ये ४९ जनाको रद्द भएको र १२ हजार ९८ जनाको आवेदकहरुका शेयर वितरण गरिएको कम्पनीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्