Logo

कर्ण थापाको प्रतिप्रश्न : भीम रावललाई सुदुरपश्चिममा हामीले किन सिध्याउने ? (भिडिओसहित)



काठमाडौं, ११ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री कर्णबहादुर थापाले आफूहरुले उपाध्यक्ष डा. भीमबहादुर रावललाई नलखेटेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

थापाले अहिले एमालेको सुदुरपश्चिम प्रदेशको ईन्चार्जमा लेखराज भट्ट रहेको पनि स्पष्ट पारे । उनले दश बुँदे कार्यान्वयन भैसकेको भन्दै अब त्यसमा कुनै समस्या नभएको जिकिर गरे ।

उनले भने,‘नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयअनुसार लेखराज भट्ट ईन्चार्ज हो । नेकपा एमाले भनेको जेठ २ भन्दा अघि, जेठ २ पछि एकता भएपछिको नेकपा र फागुन २३ गतेपछिको नेकपा एमाले, यी समग्र रुपमा बुझ्नुपर्छ । एमालेलाई खण्डमा बुझ्नुहुँदैन् ।’

पत्रकार धमलाले तपाईँहरु त भीम रावललाई सिध्याउनतिर लाग्नुभयो नि ? भनेर सोधेको प्रश्नमा उनले भने,‘किन सिध्याउनु ? उहाँ त हाम्रो सम्मानित नेता हो ।’ उनले आफूहरुले भीम रावल र लेखराज भट्ट दुवैलाई उत्तिकै सम्मान गरिराखेको सुनाए । उनले आफूहरुको प्रतिष्पर्धा त नेपाली कांग्रेससँग रहेको सुनाए । आफ्नो पार्टीभित्र कुनै समस्या नभएको उनको जिकिर छ । उनले घनश्याम भुषालले अध्यक्ष केपी शर्मा ओलीलाई चूनौति दिएको भनेर बाहिर भएको हल्लामा कुनै सत्यता नरहेको पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्