Logo

प्रधानमन्त्री देउवा असफल हुनुभयो भन्नुजस्तो ठूलो हाँस्यास्पद अर्को केही हुँदैन् : यादव (भिडिओसहित)



काठमाडौं, ११ असोज । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्वमन्त्री राजकिशोर यादवले अहिलेको सरकारलाई खासगरी प्रधानमन्त्री शेरबहादुर देउवालाई असफल भए भनेर भन्नु ठूलो हाँस्यास्पद हुने टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

कुराकानीको सुरुवातमा पत्रकार धमलाले देउवा सरकार असफल भयो नि ? भनेर प्रश्न तेर्साएका थिए । त्यसको जवाफमा यादवले भनेका छन्–‘शेरबहादुर देउवाजी अहिले असफल भए भन्नु मलाई लाग्छ, त्यो भन्दा हाँस्यास्पद अर्को केही हुँदैन् । निश्चित् रुपमा एउटा विशेष परिस्थितिमा र प्रतिकुल अवस्थामा यो गठबन्धन बनेको छ । यसलाई मिलाएर लैजानु भनेको आँफैमा कठिन काम हो ।’

यादवले सरकारलाई पूर्णता दिनमा ढिलाई भएकोबारे जनताले चासो राख्नु स्वभाविक भएको सुनाए । तर, अबको दुई दिनभित्रै सरकारले पूर्णता पाउने उनको दाबी छ । उनले भने,‘जनताले परीणाम दिनेगरि अब सरकारले काम गर्छ । तर, सरकार असफल भयो भन्न मिल्दैन् ।’



प्रतिक्रिया दिनुहोस्