Logo

बुद्ध एयरको विमान दुर्घटनाबाट जोगियो, पाङ्ग्रा नखोलिंदा २ घन्टा आकाशमै फन्को



काठमाडौं, ११ असोज । बुद्ध एयरको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट विराटनगरका लागि उडेको विमान अवतरणका लागि तयारी गर्दा पाङ्ग्रा नखोलिएपछि २ घन्टा आकाशमै फन्को लगाउन पुग्यो ।

विमान विराटनगरबाट काठमाडौं फर्किएको थियो । पाङ्ग्रा नखुलेपछि आकाशमा फन्को लगाइरह्यो ।

निकै मिहेनतपछि पाङ्ग्रा खोलिएपछि सुरक्षित अवतरण गरेको थियो । विमानमा ७० यात्रु र ४ जना चालक दलका सदस्य थिए ।

विमानमा के कारणले प्राविधिक समस्या आयो भन्नेबारे जाँच बढाइएको छ । विमान दुर्घटनाबाट भने जोगिएको छ ।



प्रतिक्रिया दिनुहोस्